आकाशदीप दान शुरु
रासस
कार्तिक १५, २०७७ शनिबार
प्रत्येक वर्ष झैँ आश्विन शुक्ल पूर्णिमाका दिन आजदेखि कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना शुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजाराधना र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीपदान विष्णुलाई समर्पण गरी बालिन्छ ।
कार्तिक स्नान...