तराईका केही गाउँमा छाउगोठ बस्ने चलन कायमै
गोरखापत्र अनलाइन
कार्तिक २३, २०७७ आईतवार
उमेर पुगेसँग महिलाहरुमा हुने महिनावारीलाई अझै पनि धर्मसँग जोडेर घरभित्र बसेपछि देउता रिसाउँछन भन्ने मान्यता तराईका केही गाउँमा कायमै छ । कैलालीको घोडाघोडी, गौरीगंगा, बर्दगोरिया, लम्कीचुहा लगायतका पालिकाका विभिन्न गाउँमा अझै महिनावारी हुँदा छाउगोठमा सुत्ने चलन कायम रहेको पाइएकोछ ।
घोडाघोडी नगरपालिका ८ का १३ बर्षिय जमुना (परिवर्तित नाम) पहिलोचोटी महिनावारी भएको तीन दिन भएको छ । उहाँ घरनजिकै रहेको छाउगोठमा बस्नुभएकोछ...