धुलीधारमा स्वच्छ पानीकाे आश, एक सय वर्षपछि मेटियाे प्यास
गोरखापत्र अनलाइन
माघ २४, २०७८ सोमबार
सुर्नया गाउँपालिका–६, धुलीधारमा वस्ती बसेको करिब एकसय वर्षपछि गाउँमा खानेपानीको धारा निर्माण सुरु भएको छ । दैनिक एक घण्टा ओरालो झरेर खानेपानी बोक्नुपर्ने बाध्यता एक सयवर्षपछि अन्त्य हुन लागेकाले वस्तीमा खुशियाली छाएको छ ।