सिमसार दिवसः पर्यटनका नाममा सिमसारकाे पर्यावरण मासियो
विष्णु पाण्डेय
माघ १९, २०७८ बुधबार
प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा ‘मानिस र प्रकृतिका लागि सिमसारको भूमिका’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। सन् १९९७ देखि फेब्रुअरी २ लाई सिमसार दिवसको रुपमा मनाउँदै आइएको छ।
विश्वव्यापीरूपमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले रामसार महासन्धि १९७१ फेबु्रअरी २ मा इरानको रामसार सहरमा भएको थियो। यही सम्झना स्वरुप फ्रेब्रुअरी २ लाई सिमसार...