काठमाडौं, माघ १८ गते। मोरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा तीन खेलाडी र एक अफिसियलले पहेंलो कार्ड पाएका छन्।
नेपालका एक र मोरिससका दुई खेलाडीले रातो कार्ड पाएका हुन्।नेपाल १० खेलाडीमा सीमित छ भने मोरिससको टिममा ९ खेलाडी छन्।
खेलका क्रममा विवाद भएपछि मैदान छिरेका नेपालका अफिसियल विकास मल्ललेसमेत रातो कार्ड पाउनुभएको छ ।
नेपालका पुजन उपरकोटी दोहोरो पहेंलो कार्ड पाएर मैदान छोड्न बाध्य हुनुभएको हो। मोरिससका दुई खेलाडीले रातो कार्ड पाउँदा टोली ९ खेलाडीमा सीमित भएको छ।