logo
२०८० चैत्र १६ शुक्रवार

झुम्मिए पर्यटक प्याराग्लाइडिङमा (फोटोफिचर)

पर्यटन |
फोटो फिचर |


2020-11-01-25743


तारा चापागाई

कास्की, कात्तिक १६ गते । चाडपर्वको मौसम चलिरहेका बेला पोखराको आकाशमा प्याराग्लाइडिङ गर्ने आन्तरिक पर्यटकको भीड लागेको छ । बन्दाबन्दी खुलेसँगै असोज १५ देखि व्यावसायिक उडान सुरु गरिएको प्याराग्लाइडिङमा दैनिक पाँच सयदेखि सात सय जनाले उडान गर्ने गरेका छन् ।
नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीका अनुसार यस अगाडिका वर्षमा विदेशी पर्यटकको भीड लाग्ने गरेकामा यस वर्ष कोरोनाका कारण प्याराग्लाइडिङका लागि आउनेमध्ये ७० प्रतिशत पोखराका र ३० प्रतिशत अन्य जिल्लाका छन् ।
कोरोनाले सबै पेसा, व्यवसाय ठप्प भएको अवस्थामा यहाँको पर्यटन व्यवसायलाई प्याराग्लाइडिङले केही राहत दिइरहेको भण्डारीको भनाइ छ । पहिले प्रतिव्यक्ति सात हजार ५०० मा उडान गर्ने गरिएकामा यसपटक तीन हजार ५०० रुपियाँमा उडान गराउने गरिएको छ ।
हिमालय स्काई एडभेन्चर प्याराग्लाइडिङ कम्पनीका सञ्चालक पाइलट माधव तिवारीले कर्मचारी, व्यवसायी, कलेजका विद्यार्थी, अधिकांश युवायुवती उड्ने गरेको बताउनुभयो । पोखरामा प्याराग्लाइडिङमा एक अर्ब रुपियाँको लगानी रहेको बताइएको छ ।
पोखराको सराङकोट, तोरीपानी, मान्द्रे ढुङ्गाबाट ६० वटा कम्पनीले दैनिक प्याराग्लाइडिङ उडाउने र फेवाताल किनारमा अवतरण गर्ने गर्दछन् । पोखराको प्याराग्लाइडिङमा सक्रिय ३७० नेपाली र १० विदेशी पाइलट छन् ।