logo
२०८१ बैशाख १७ सोमवार



तीन भारतीयसहित आठ जनाले गरे सगरमाथा आरोहण

पर्यटन |


तीन भारतीयसहित आठ जनाले गरे सगरमाथा आरोहण


छेटु शेर्पा

काठमाडौं, जेठ १७ गते ।  तीन जना भारतीय आरोहीसहितआठ जनाले आज विहान सगरमाथाको आरोहण गर्नुभएको छ । एक साताअघि आरोहण क्रममा रहेका उहाँ खराव मौसमका कारण दोस्रो क्याम्पमा रोकिनु भएको थियो ।
आरोहण गर्नेमा भारतीय आरोही अमित कमार नेगी, निरज चौधरी, सोरङ ताजित छन् भने नेपाली आरोहीमा फुर्वा दोर्ची शेर्पा, फुर्वा शेर्पा, डेण्डी शेर्पा, नुरी शेर्पा र नापी विभागका कर्मचारी युवराज धिताल रहनुभएको आरोहण आयोजक ट्रेकिङ कम्पनी पिक प्रमोसन नेपालका निर्देशक बाबु शेर्पाले जानकारी दिनुभयो । यस अघि दुई चरणमा आरोहण सम्पन्न भइसकेको छ । जेठ ९ गते एकै दिन १७७ जनाले सगरमाथाको आरोहण गर्नुभएको थियो ।

यस वसन्त मौसमको सगरमाथा हिमाल लगायतका आरोहण अन्तिम चरणमा पुगेको र ९० प्रतिशत आरोहण सम्पन्न भइसकेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यस वर्ष ४४ आरोहण दलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएर तयारी अवस्थामा आधार शिविरमा बसेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्ने यो आरोहीको सङ्ख्या हालसम्मकै उच्च भएको बताइएको छ ।
आरोहीमध्ये ३१५ पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिङ्गी आरोही छन् । सगरमाथाबाट मात्र यो सिजनमा ४९ करोड ६१ लाख ३१ हजार ७८७ रुपियाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?