logo
२०८० चैत्र १६ शुक्रवार



धौलागिरि आरोहीमार्फत् पर्यटन प्रवद्धनमा विश्वसन्देश दिन सफल

पर्यटन |


धौलागिरि आरोहीमार्फत् पर्यटन प्रवद्धनमा विश्वसन्देश दिन सफल


काठमाडौं, असोज २४ गते । अक्टोवर १ मा तीन जना नेपाली महिला आरोहीले धौलागिरि हिमालको सफल आरोहण गरेका छन् । यो सँगै आरोहण इतिहासमा नयाँ कीर्तिमान कायम भएको छ । दुई वर्षदेखि कोरोना महामारीले थलिएको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न केही सकारात्मक सन्देश दिन आरोहण सफल भएको आरोही महिलाहरुले बताएका छन् । पर्यटन क्षेत्रको पुनः प्रवद्र्धनको जरुरी छ यसमा नेपाली महिलाले गरेको पहिलो कीर्तिमानले विश्वमाझमा सन्देश पु¥याउन सहयोग गरेका आरोही पासाङ ल्हामु शेर्पाले बताउनुभयो ।

अक्टोवर १ तारिखका दिन फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, पासाङ ल्हामु शेर्पा र दावायाङजुम शेर्पाले पहिलो नेपाली महिलाको रुपमा धौलागिरी हिमालको सफल आरोहण गर्नुभएकाे हाे । कोरोना संक्रमण कम हुँदै गएसँगै पर्वतारोहणका लागि आउने विदेशी पर्यटकको संख्या पनि बड्दै गएसँगै आरोहणमा मिलेको सफलताले प्रवद्र्धनमा टेवा पुगेको उहाँहरु बताउनुहुन्छ ।

महिला आरोहीको मिहिनेक्तले हिमाल आरोहणमा समान सहभागिता र सक्षमताको एउटा उदाहारण समेत बनेको नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तविर लामाले बताउनुभयो । आरोहणसँगै सकारात्मक सन्देश पुगेको छ र आउने दिनमा पर्वतारोहणमा विश्वबाट पर्वतारोहीहरुको संख्यामा वृद्धि हुने समेत उहाँले बताउनुभयो ।

आफ्ना प्रचारप्रसार र व्यक्तिगत स्वार्थ भन्दा माथि उडेर आरोहणलाई पेशासँगै पर्यटन प्रवद्र्धनमा लागि परेको आरोही गाइड दावायाङजुम शेर्पाले बताउनुभयो । विदेशी पर्यटकहरु नेपालका हिमाल आरोहण गरेर आफ्नो देशको प्रचार गर्छन तर हामीले हाम्रो देशलाई प्रचार गर्न चाहेका हाैँ, उहाँले भन्नुभयो ।

प्रचारप्रसारको माध्यमनै कीर्तिमानी आरोहण मुख्य भएको भन्दै नेपालीहरुले पछिल्लो समय गरेको सफल आरोहणले विश्वमाझ सन्देश पु¥याउन सहयोग गरेको व्यवसायीहरुको भनाई छ । गत महिना दशौं अग्लो अन्नपूर्ण हिमालको महिला आरोही माया शेर्पा, शर्मिला स्याङतेन, पूर्णिमा श्रेष्ठ, दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा र दावाफुटी शेर्पाले पहिलो पटक सफल आरोहण गरी नयाँ कीर्तिमान बनाइ सक्नु भएको छ । कोरोना कहरबीच गत हिउँद मौसममा १० जना नेपाली आरोहीले केटु हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान बनाउन सफल हुनुभएका थिए ।

धौलागिरिमा कीर्तिमान कायम गर्ने महिला आरोही मध्ये दक्षिण एसियाकै पहिलो महिला माउन्टेन गाइड दावा याङजुम शेर्पा, आरोही फोटोपत्रकार पूर्णिमा श्रेष्ठ र ट्रेकिङ गाइड एवं आरोही पासाङ ल्हामु शेर्पा हुन् । उहाँहरु आठहजार भन्दा अग्लो विश्वका १४ वटा हिमालको आरोहण गर्ने लक्ष्यमा छन् । विसं २०५० साल बैसाख १० गते स्वर्गीय पासाङ ल्हामु शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गरेपछि नेपाली महिलामा आरोहणको इतिहास शुरु भएको हो । त्यसपछि संखुवासभाकी लाक्पा शेर्पाले नौ पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गराउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?