पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडान कात्तिकमा
गोरखापत्र अनलाइन
चैत्र १०, २०७८ बिहीबार
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) उडान २०७९ कात्तिक भित्र गरिने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित थप छ वटा विमानस्थलको यान्त्रिक परीक्षण उडान सम्पन्न भएसँगै पोखराको उडानको कात्तिक महिनासम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको प्राधिकरणका निर्देशक विक्रमराज गौतमले जानकारी दिनुभयो ।