कोरोनाविरुद्धको खोप लगाउन घरदैलोमै स्वास्थ्यकर्मी
गोरखापत्र अनलाइन
माघ १३, २०७८ बिहीबार
सर्लाहीको हरिवन नगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका नगरवासीलाई खोप लगाउन घरमै स्वास्थ्यकर्मी परिचालन गरिएका छन् । खोपबाट कोही पनि बञ्चित नहोउन् भन्ने उद्देश्यले घरमै स्वास्थ्यकर्मी पठाएर धमाधम खोप लगाउनेक्रम चलिरहेको हरिवन नगरपालिकाको कोभिड फोकल पर्सन तथा स्वास्थ्य शाखाका सहसंयोजक रामबाबु चौधरीले जानकारी दिनुभयो । घरमै पुगेर खोप लगाउन सासापुर स्वास्थ्य चौकी, घुर्कौली स्वास्थ्य चौकी र अत्रौली...