किसान समृद्ध भएमात्र देश समृद्ध हुन्छ : मन्त्री यादव
गोरखापत्र अनलाइन
पुष ९, २०७८ शुक्रबार
कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले कृषिप्रधान देशमा अझै पनि निर्वाहमुखि खेती हुनु दुःखद भएको बताउनुभएको छ । प्रदेश २ को अस्थायी राजनधानी जनकपुरधाममा बिहीबार आयोजित ‘उर्वर भूमि र समथर पाटो, जोगाउनु पर्दछ तराईको माटो’ भन्ने नाराकासाथ साना किसान राष्ट्रिय सम्मेलन समारोहको उदघाटन गर्दै संघीय कृषि तथा पशुपन्छी मन्त्री यादवले सो कुरा बताउनुभयो ।