मैथिल र थारु समुदायको जितिया पर्व सुरु, पोखरीमा चढाए तेल
गोरखापत्र अनलाइन
आश्विन ११, २०७८ सोमबार
सन्तानको दीर्घायुको कामनाका साथ मनाइने जितीया पर्व सप्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा ‘नहा, खा’ (नुहाएर खानु) गर्दै सोमबारदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । सो अवसरमा आन्तरिक मामिला तथा सञ्चार राज्य मन्त्री रुबी कुमारी कर्णले पोखरी घाटमा पुगेर महिलाहरुलाई जितीया पर्वको शुभकामना दिनुभएको छ। उहाँसँगै संविधानसभा सदस्य निशा साह, महिला नेतृहरु सुनिता महतो, तला घिमिरे लगायतकमहिला नेतृहरुले खडक नगरपालिका ८ विसनपुरको...