प्रदेश २ सरकारमा नेकपा एस सहभागी हुँदै, प्रदेश सभासदस्य महतोको नेतृत्व सरकारमा सामेल हुने निर्णय
गोरखापत्र अनलाइन
भाद्र २८, २०७८ सोमबार
प्रदेश नं. २ मा चौथो ठूलो दलको रुपमा देखिएको नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ । धनुषाको लालगढमा सोमबार नेकपा एकीकृत समाजवादीको प्रदेश संगठन कमिटीको बिशेष बैठकले प्रदेश सभासदस्य सत्रुधन महतोको सहभागितामा प्रदेश सरकारमा हुने निर्णय गरेको हो ।