डुबान र उपेक्षाले गौचरन बन्दै, भएका उद्योग घाटामा
गोरखापत्र अनलाइन
भाद्र ८, २०७८ मंगलवार
प्रदेशको एक मात्र सरकारी स्वामत्विको गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्र वर्सेनि डुबानमा पर्दै आएको छ । अद्यौगिक क्षेत्र निरन्तर डुवानका कारण यहाँ संचालित उद्योगहरु बन्द रहेको र लगानी अनुसारको फाईदा नभएर उद्योग घाटामा रहेको कोशी पोलिमर्श उद्योगका संचालक रमेश यादवले बताउनुभयो । उहाँ भनुहुन्छ, डुवान लगायत ढल निकास,विद्युत,खाने पानी लगायतको समस्याका बीच हामी उद्योग संचालन गर्न बाध्य छाैं ।