रत्नेचौरका तोरीबारीमा टिकटक बनाउनेको भीड
रासस
माघ २, २०७८ आइतवार
उत्तरतिर लस्करै चाँदी झैँ सेता देखिने हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी । बेनी नगरपालिका–१, रत्नेचौर फाँट, बीचमा चिटिक्कै परेको कालोपत्र सडकमा युवायुवतीको भीड ।
बेनी–बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरमा यतिखेर तोरीको फूल फुलेर सिङ्गो गाउँ नै पहेँलपुर भएको छ । तोरी फुलेको खेतको फाँटमा कालोपत्र गरिएको चिल्लो सडक मानिसहरुको भीडभाडले भाइरल बनेको छ । रत्नेचौर फाँटमा गहुँ...