रघुगंगामा अत्यावश्यक बाहेक सबै कामकाज बन्द
गोरखापत्र अनलाइन
माघ ६, २०७८ बिहीबार
उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाका कर्मचारीमा संक्रमण पुष्टि भएपछि आगामी माघ १२ गते सम्मका लागि गाउँपालिकाबाट हुने अत्यावश्यक बाहेकका सबै कामकाज बन्द गरिएको छ । गाउँपालिकाका कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो । ‘कोरोनासँग सम्बन्धित बाहेकका सबै सेवा बन्द गरिएको छ, अब थप परीक्षणपछि मात्रै नियमित सेवा सञ्चालन हुन्छ’ सुबेदीले...