तनहुँ जलविद्युत आयोजनालाई जनमैत्री बनाउन मुख्यमन्त्रीको निर्देशन
गोरखापत्र अनलाइन
माघ ८, २०७८ शनिबार
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले तनहुँ जलविद्युत आयोजनालाई जनमैत्री हुने गरी काम गर्न निर्देशन दिनुभएको छ । शनिबार निर्माणधीन आयोजनाको स्थलगत निरीक्षण तथा अवलोकनपछि आयोजित ब्रिफिङ कार्यक्रममा सो कुरा बताउनुभएको हो । स्थलगत अवलोकन गरेर उहाँले हालसम्म आयोजनाका प्राविधिक पक्ष, प्रसारण तथा वितरण लाइन, सुरुङ मार्ग, ड्यामलगायतको भौतिक प्रगतिबारेमा जानकारी लिनुभएको छ । कुलेखानी पछिको सुख्या...