स्वास्थ्यचौकी निर्माणमा लापरबाही
रासस
पुष ६, २०७८ मंगलवार
वर्षातमा छत चुहिने समस्या त छँदै थियो त्यहीमाथि भुइँतलाका कोठाको सतह उठ्ने, भत्कने हुन थाल्यो । जोखिम बढ्ने देखेर स्वास्थ्यचौकी इञ्चार्ज प्रकाश महतराले तत्कालै कामदार लगाएर मर्मत थाल्नुभयो । गैँतीले भुइँतलाको ढलान खोस्रदा मुनपट्टि माटो, ढुङ्गा, टायलका चपेरा, बोरा, किलालगायत असरल्ल भेटिए । हाते औजारको सहायताले यति सजिलै ढलान तोडियो कि मानौँ त्यहाँ बाली लगाउन माटो खनिँदै थियो ।
यो कुरा गत असारको हो । गुणस्तरहीन निर्माण...