जोमसोम–कोरला सडकको छ खण्ड निर्माण सकियो
रासस
मंसिर २६, २०७८ आइतवार
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकको छवटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने ११० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७३/७४ देखि सातवटा खण्डमा ठेक्का लगाएको थियो ।
आयोजनाका प्रमुख जगत् प्रजापतिले चराङ–छोसेर २५ किलोमिटरबाहेक अन्य छवटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण,...