बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित
रासस
मंसिर २८, २०७८ मंगलवार
बादरले सुन्तला नष्ट गर्न थालेपछि म्याग्दीका कृषक चिन्तित भएका छन् । बाँदर सुन्तला खान पल्किएपछि कृषकलाई चिन्तित बनाएको हो । हुल बाँधेर आउने बाँदरले सुन्तला खाने र नष्ट गरेर सताउन थालेको बेनी नगरपालिका–४ बास्कुनाका कृषक भीमबहादुर थापाले बताउनुभयो ।
“सुन्तला खान पल्किएपछि बाँदरले सताउन थालेको छ”, उहाँले भन्नुभयो, “रुखमा चढ्यो भने एउटा खाने, १० वटा झारेर सखाप बनाउँछ ।” करिब ५० घरधुरीको बसोबास रहेको बास्कुनामा पूरै...