मिर्गौलापीडित रानालाई १३ लाख रुपियाँ हस्तान्तरण
गोरखापत्र अनलाइन
मंसिर २०, २०७८ सोमबार
फेसबुक पेज निस्दी आवाज युवा सञ्जालको माध्यम्बाट मिर्गौलापीडित युवकका लागि सङ्कलित रकम हस्तान्तरण गरिएको छ । ‘अप्ठ्यारोमा हामी सँगसँगै अभियान’ मार्फत सञ्जालले मिर्गौला पीडित निस्दी–२, सहलकोटका १८ वर्षीय बादल रानाको लागि १३ लाख ४९ हजार सात सय ७० रुपियाँ सङ्कलन गरेको थियो ।