राजस्व अनुसन्धान विभागले छानविन गर्ने, सुन र अभियुक्त काठमाडौं पठाइयो
गोरखापत्र अनलाइन
आश्विन १, २०७८ शुक्रबार
नेपालगञ्जको राँझा विमानस्थलबाट प्रहरीले चार किलो २१ ग्राम सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको घट्नाको विस्तृत छानविन राजस्व अनुसन्धान विभाग काठमाडौले गर्ने भएको छ ।
सो घट्नाको छानविन विभागले गर्ने भएपछि पक्राउ परेका मोरङ्ग लेटाङ्ग गाविस २ का बुद्दिमान खाती र झापा खुदुनावारी गाविस ६ का अमिर लगुन विश्वकर्मालाई सुन र अन्य आवश्यक कागजपत्रसहित काठमाडौ पठाईएको राजस्व अनुसन्धान कार्यालय कोहलपुरले जनाएको छ ।