शुल्क तिर्न सक्नेलाई वृहत खानेपानी, गरिबलाई छैन धारा
गोरखापत्र अनलाइन
पुष ३, २०७८ शनिबार
वि.सं. २०१८ सालमा भ्रमणका क्रममा राजा महेन्द्रले बैतडी सदरमुकाममा पु¥याएको खानेपानी अलपत्र परेको छ । धनी, गरिब सबैले निःशुल्क उपभोग गर्दै आएको खानेपानी योजना अलपत्र परेपछि पैसा हुनेले शुल्क तिरेर वृहत खानेपानी योजनाको पानी उपभोग गर्दै आइरहेका छन् भने शुल्क तिर्न नसक्ने समस्यामा परेका छन् ।