चितुवा प्रभावित क्षेत्रमा विद्युतीकरणको माग
गोरखापत्र अनलाइन
पुष ९, २०७८ शुक्रबार
चितुवा प्रभावित बैतडीको तल्लोस्वराड क्षेत्रका बासिन्दाले गाउँमा विद्युतीकरणको माग गरेका छन् । बिजुलीका माग राख्दै यसअघि गत असारमा अनसन बसेका बैतडीको मेलाैली नगरपालिका–८ र ९, का विशालपुरवासीले विद्युतीकरणको माग राख्दै पुनः ज्ञापनपत्र बुझाएका छन् ।