बालविवाह न्यूनिकरणको सन्देश दिन दार्चुलामा मतदान
गोरखापत्र अनलाइन
मंसिर १८, २०७८ शनिबार
दार्चुलामा बालविवाह न्यूनिकरणका लागि मतदान गरिएको छ । उमेर नपुग्दै विवाह गर्नेक्रम बढ्दैगएको भन्दै जिल्लाको मालिकार्जुन गाउँपालिकाका विभिन्न वडामा मतदान गरिएको हो । वडा नम्बर २, ३, ६ र ८ मा मतदानका साथै सचेतनामुलक कार्यक्रम समेत गरिएको छ । विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्ने विषयमा मतदान गर्न लगाइएको हो ।