कर्णाली नदीमा बाढीले खतराको तह नाघ्यो, तटीय क्षेत्रमा जोखिम
गोरखापत्र अनलाइन
कार्तिक २, २०७८ मंगलवार
बेमौसमी वर्षाका कारण कर्णाली नदीमा मंगलबार बिहान ९ः०० बजे खतराको तह नाघेको छ । कर्णाली चिसापानीका गेज रिडर पार्वती गुरुङका अनुसार मंगलबार विहान ९ बजे नदीको बाढी ११ मिटर २० सेन्टिमिटर पुगेको छ । कर्णाली नदीको सतह ११ मिटर पार गर्नुलाई खतराको तह मानिन्छ । यस वर्ष वर्षामा पनि कर्णालीको सतह ९ मिटर ८० सेन्टिमिटर मात्रै पुगेको थियो ।