बाढी पहिरोले बाजुराका ६५ घरपरिवार विस्तापित
गोरखापत्र अनलाइन
कार्तिक ५, २०७८ शुक्रबार
बाढी पहिरोले बाजुराका ६५ घरपरिवार विस्थापित भएका छन् । असोज ३१ देखि कात्तिक ३ गतेसम्म लगातार परेको अविरल वर्षाका कारण जिल्लाको बूढीगङ्गा, त्रिवेणी, स्वामीकार्तिक, हिमाली, जगनाथ गाउँपालिकालगायतका ६५ घरपरिवार विस्थापित भएका हुन् ।
पछिल्लो समय बाजुरामा लगातारको परेको अविरल वर्षाका कारण गाउँको तलमाथिबाट पहिरो बग्न थालेपछि सो ठाउँको बस्ती विस्तापित भएको जिल्ला प्रहरीक कार्यालय बाजुराले जनाएको छ ।