प्रधानमन्त्री देउवा बाढीपहिरोग्रस्त सुुदूरपश्चिमको स्थलगत भ्रमणमा
गोरखापत्र अनलाइन
कार्तिक ४, २०७८ बिहीबार
प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरोग्रस्त क्षेत्र सुुदूरपश्चिमको स्थलगत भ्रमणमा निस्किनुभएको छ । आज बिहीवार बिहान ८ बजे अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री रमेश लेखक, एनपी सावद, बीरबहादुर बलायर, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा सहितको टोली काठमाडौँबाट त्यता प्रस्थान गरेको छ ।