कञ्चनपुरका पर्यटकीय गन्तव्य अझै लयमा फर्किन सकेनन्
रासस
भाद्र १०, २०७८ बिहीबार
कोरोना महामारीको पहिलो लहरदेखि सुनसान रहेका कञ्चनपुरका पर्यटकीय गन्तव्य अझै लयमा फर्किन सकेका छैनन् । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा लिइए पनि कोरोनाका कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटकले पाइला नटेकेको महिनांै बितिसक्यो ।
विश्वमै दुर्लभ बाह्रसिङगेको झुण्ठ, १६ पाटे बाघ, १७ गैँडा, कृष्णसार, चार सय भन्दा बढी प्रजातिको चराचुरुङ्गीलगायत जैविक...