काँढा नदीको बाढी गाउँ पस्यो, १५० घर डुबानमा
गोरखापत्र अनलाइन ,
श्रावण ३, २०७७ शनिबार
कैलालीको भजनी नगरपालिकामा १५० घर डुबानमा परेको छ । शनिबार बिहान भएको वर्षाका कारण नदीमा आएको बाढीले डुबान भएको हो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार काँढा नदीमा आएको बाढी गाउँमा पसेको छ । भजनी नगरपालिका–२ को मोहनपुर, वडा नम्बर ३ को काँढा र ढुसी गाउँका गरी करिब डेढ सय घर डुबानमा परेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।