कामकाजी आमालाई पूर्ण स्तनपानमा समस्या
रासस
श्रावण १८, २०७८ सोमबार
कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर रुपकला आजभोलि नियमित कार्यालय जान थाल्नुभएको छ । कार्यालय जान थालेपछि उहाँले बच्चालाई नियमित स्तनपान गराउन पाउनुभएको छैन ।
“दुई महिना घरमै बस्न पाएकाले नियमित दूध खुवाउँथे, अब जागिर गर्नुप¥यो, आजभोलि नियमित दूध खुवाउन पाउँदिन”, रुपकलाले भन्नुभयो, “कार्यालयमै बच्चा लैजाने खालको वातावरण छैन, बच्चा...