‘निन्द्रा खुल्छ ,छोरा देख्दिनँ...’
रासस
भाद्र २०, २०७८ आईतवार
बेलौरी नगरपालिका–५ मैनाहाका ६६ वर्षीया सीता चौधरीलाई छोरा फर्केर आउने आशा अझै छ । सशस्त्र द्वन्द्वका क्रममा उहाँका १४ वर्षीय छोरा घरबाटै बेपत्ता हुनुभएको थियो । चाडपर्व आउने बेला छोरा आउने आशमा उहाँ बाटो कुरेर बस्नुहुन्छ ।
“सपनामा समेत छोरालाई झलझल्ती घर आँगनमै बसेको काम गरेको देख्छु”, उहाँले भन्नुभयो, “एक्कासी निन्द्रा खुल्छ । छोरालाई देख्दिन, यसपछि आँखाबाट आँसु झर्न थाल्छ ।”
निर्दोष छोरालाई घरबाटै बलजफ्ती...