सेतीको कटानले आठ गाउँ उच्च जोखिममा
रासस
श्रावण २६, २०७८ मंगलवार
सेती नदीको बाढीले वर्षेनी कटान गर्दा जिल्लाका आठव गाउँ उच्च जोखिममा पर्दै आएका छन् । नदी नियन्त्रणका लागि तालजालीको प्रयोग गरिए कटान रोकिएको छैन । कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारीदाङका बस्ती उच्च जोखिममा पर्दै आएका छन् । ती क्षेत्रमा बसोबास गर्ने नागरिक वर्षात्को समयमा घरमा राम्रोसँग सुत्नसमेत नसक्ने अवस्थामा रहेको स्थानीयवासीको गुनासो छ ।