logo
२०८१ चैत्र १८ मंगलवार



बागलुङका तीन गाउँपालिकाका नाै जनामा कोरोना सङ्क्रमण

प्रदेश |


बागलुङका तीन गाउँपालिकाका नाै जनामा कोरोना सङ्क्रमण


नवीन शिशिर विक
बागलुङ, भदौ २५ गते । बागलुङका तीन गाउँपालिकामा बिहीबार नाै जना कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परीक्षणको क्रममा बरेङ्ग गाउँपालिकाका सात, जैमिनी नगरपालिकाका एक  र गल्कोट नगरपालिकाको एक जना सङ्क्रमित फेला परेका हुन् ।

स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकलपर्सन याम बरालका अनुसार बरेङ्ग गाउँपालिका–४ का २२ वर्षीय र २० वर्षीय पुरुष, वडा–२ का ५९ र ३६ वर्षीय पुरुष रहेका छन । सङ्क्रमित हुनेमा ८ वर्षीय बालकसमेत रहनुभएको छ ।

वडा–२ का ५७ वर्षीय र ३३ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ । सङ्क्रमित सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।
गल्कोट नगरपालिकाका २९ वर्षीय र जैमिनी नगरपालिकाका ५९ वर्षीय महिलामा कोरोना पहिचान भएको छ । जैमिनीकी ५९ वर्षीय महिला पोखराको फेवासिटी अस्पतालमा उपचाररत रहनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?