गोविन्द शर्मा
बाँके, भदौ २३ गते । दुर्घटनापछि गम्भिर घाइते भई उपचारको क्रममा कोरोना पुष्टि हुनुभएका अर्घाखाँची शितगङ्गा १२ का ४५ वर्षिय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मङ्गलबार विहान निधन भएको छ । उहाँ भदौ ११ गते उपचारका लागि अस्पतालमा आउनुभएको हो ।
साउन २७ गते दुर्घटनामा परी गम्भिर घाइते हुनुभएका उहाँको दायाँ करङ्ग भाँच्चिएको, फोक्सोमा पानी र रगत जमेको र नाडीको हड्डी पनि भाँच्चिएको थियो । उपचारकोक्रममा छाँतीमा पाईप हालेर श्वासप्रश्वासमा सहज भएपछि हातको शल्यक्रियाको तयारी गरिएको थियो । सोक्रममा पिसिआर जाँच गरिदा कोरोना पुष्टि भएपछि भैरहवा मेडिकल कलेजबाट भिम अस्पतालमा रिफर गरि उपचार थालिएको शिक्षण अस्पताल कोहलपुरले जनाएको छ ।