नवीन शिशिर विक
बागलुङ, भदौ २३ गते । बागलुङको पश्चिम क्षेत्र तमानखोला गाउँपालिकाका तीन स्वास्थ्यर्मीसहित थप ९ जनालाई कोरोना संक्रमण पहिचान भएको छ ।
यस अघि संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाव संकलन गरी क्षयरोग उपचार केन्द्र पोखरामा भएको पिसिआर परीक्षणमा ३ जना पुरुष र ६ महिलामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकलपर्सन याम बरालका अनुसार तमानखोला गाउँपालिका वडा नम्बर– १ का ३८ बर्षिय पुरुष, ४० बर्षिय पुरुष र २३ बर्षिय महिला, २९ बर्षिया, २२ बर्षिय र २८ बर्षिय महिला, वडा– २ का १८ बर्षिय महिला, वडा–५ का ३० बर्षिय महिला, र वडा–८ का १९ बर्षिय पुरुषलाई संक्रमण भएको छ । संक्रमित मध्ये तीन जना स्वास्थ्यकर्मी हुन ।
यस अघि कुनै ट्राभल हिस्ट्री नभएका एक जना स्वास्थ्यकर्मी र एक जना चनाचटपटे व्यावसायिलाई भदौ १४ गते संक्रमण पुष्टि पहिचान भएको थियो । समुदायस्तरका कोरोना संक्रमण फैलिए पछि तमानखोला गाउँपालिका स्वास्थ्य शाखाले १ सय १९ जनाको स्वाब परीक्षणको लागि पोखरा पठाएको थियो । ९ जना बाहेक अन्यको रिपोर्ट नेगेटिभ आएको छ ।
उनीहरुलाई बूर्तिवाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रका आईसोलेसन कक्षमा राकिने छ । कन्ट्याक्ट टे«सिङ गर्दा भदौ २० गते एक महिलामा पनि संक्रमण देखिएको थियो । पालिकामा संक्रमण रोकथाम तथा कन्ट्याक्ट टेसिङको लागि १५ गतेदेखि २५ गतेसम्म निषेधाज्ञा जारी छ । निषेधाज्ञाको अवधिमा अनावश्यक हिडडुल, सवारी संचालन, सामुहिक भेला, बैठक जस्ता कार्यलाई निषेध गरिएको छ ।