चितवनमा थप ७४ जनामा कोरोना सङ्क्रमण
गोरखापत्र अनलाइन ,
भाद्र १९, २०७७ शुक्रबार
चितवनमा थप ७४ जनालाई कोरोना सङ्क्रमण देखिएको छ । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा रहेको ल्याबमा गरिएको परीक्षणमा यो नतिजा आएको हो ।
जसमध्ये भरतपुर महानगरपालिकामा ५६ जना, रत्ननगरका तीन, कालिकाका दुई, खैरहनीका चार र राप्तीका नौ जना रहेका छन् ।
भरतपुर अस्पतालको ल्याबमा परीक्षण गरिएको ३०२ नमुनामध्ये चितवनका १७ र रौतहटका एक जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसै गरी चितवन मेडिकल कलेजको ल्याबमा गरिएको ७०३ जनाको परीक्षणमा...