प्लाज्मा र रेम्डिसिभिर दिइएका दुई गम्भीर सङ्क्रमितको स्वास्थ्य सुधार
गोरखापत्र अनलाइन ,
भाद्र १८, २०७७ बिहीबार
बाँकेका दुई ठुला अस्पतालमा प्लाज्मा र रेम्डिसिभिर दिइएका दुई गम्भीर अवस्थाका कोराना संक्रमितको स्वास्थ्यमा क्रमश सुधार देखिएको अस्पतालले जनाएका छन् ।
भेरी अस्पतालमा पहिलो पटक प्लाज्मा दिईएका सल्यान शारदा नगरपालिका–६ का २९ बर्षीय गम्भीर कोरोना संक्रमित पुरुष र नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा पहिलो पटक रेम्डिसिभिर दिइएका धनगढीका ४८ वर्षिय पुरुषको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पाईएको...