मास्कको जथाभावी विसर्जनले सङ्क्रमणको जोखिम बढ्दो
गोरखापत्र अनलाइन ,
भाद्र १९, २०७७ शुक्रबार
सिन्धुली जिल्लामा प्रयोग गरिसकेको मास्क जथाभावी विसर्जनले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको छ ।
जिल्लामा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि सडक, सडकपेटी र गल्लीमा जथाभावी फाल्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम बढाएको स्थानीयको गुनासो छ ।
प्रयोग गरिसकेको मास्कको उचित विसर्जन हुन नसक्दा मास्कको भित्री भागमा थुक, ¥याल, सिगान...