logo
२०८१ चैत्र ५ बुधवार



दैलेखमा निषेधाज्ञा कडाइ गर्न प्रमुख जिल्ला अधिकारी आफैँ अनुगमनमा

प्रदेश |


दैलेखमा निषेधाज्ञा कडाइ गर्न प्रमुख जिल्ला अधिकारी आफैँ अनुगमनमा


कमल शर्मा

दैलेख,भदौ ११ गते । जिल्ला प्रशासन कार्यालय, दैलेखले जारी गरेको निषेधज्ञालाई थप कडाइ गर्न प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार जिल्लाको सुरक्षा टोली लिएर बजार अनुगमनमा निस्किनुभएको छ । दैलेखको सदरमुकामका ढाकाटोलको बस्तीमा एकै दिन १४ जनामा कोरोना सङ्क्रमण देखिएपछि भदौ ४ गते दिउँसो २ बजेदेखि जारी गरेको निषेधज्ञा तेस्रो पटक थप गरेर १२ गते राति १२ बजेसम्म जारी गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी सुनारले यसअघिको निषेधाज्ञाकाे केही ठूला व्यक्तिहरूबाटै उल्लङ्घन भएको भन्ने जनगुनासो आएपछि आफू स्वयम् सडकमा निस्केर बजारमा रहेको सबै व्यापारीलाई निषेधज्ञा पालना गर्न आग्रह गरेको बताउनुभयो । उहाँले मास्कको प्रयोग नगर्ने गरेकाहरूलाई सम्झाएर पहिलो पटक छाडिएको र अटेर गरे कारबाही गर्ने तयारी आफूले गरेको बताउनुभयो ।

कर्णाली प्रदेशकै पहिलो कोरोना सङ्क्रमित फेला पर्नेदेखि प्रदेशका १० जिल्लामा सबैभन्दा धेरै सङ्क्रमित रहेको दैलेखमा अहिले एक हजार ३८ जना पुगिसकेका छन् । बिहीबार सङ्क्रमितमध्ये ९८१ जनाले कोरोनालाई जितिसकेको र ५७ जना आइसोलेसनमा रहेका छन् भने कोरोनाबाट प्रदेशमा चार जनाको मृत्यु हुँदा दैलेखमा तीनको ज्यान गइसकेकाे छ । जारी गरेको निषेधज्ञा अवधिभर औषधि पसललगायत स्वास्थ्य सेवा, खानेपानी, इन्धन, कृषिउपज ओसारपसारलगायत अत्यावश्यकीय सेवाहरू बिहान ६ बजेदेखि ८ बजेसम्म र अपरान्ह ४ बजेदेखि ६ बजेसम्म खुला रहने प्रशासनले जनाएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?