logo
२०८१ चैत्र ५ बुधवार



पर्सामा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रदेश |


पर्सामा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि


दिपकप्रसाद गौतम

वीरगञ्ज, भदौ १० गते । पर्सामा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको पछिल्लो रिपाेर्टअनुसार पर्साका थप १९ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्सामा अधिकृत विनय श्रीवास्तवले जानकारी दिनुभयो ।
श्रीवास्तवका अनुसार पछिल्लो पटक गरिएका स्वाब परीक्षणमा चार महिला र १५ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
नयाँ थपिएका सङ्क्रमितहरूमा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ४ का १२ जना, वीरगञ्ज महानगरपालिकाका छ जना र त्रोबिनी गाँउपालिका वडा नम्बर ४ को एक जना रहेका छन् । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ४, ५ , ९ , १५ , १६ र २२ का एक/एक जना गरी वीरगञ्ज महानगरपालिकाका छ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
पछिल्लो तीन दिनमा पर्सा जिल्लामा ८५ जना सङ्क्रमित थपिएका छन् । पर्सामा नयाँ थपिएका १९ जनासहित जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या एक हजार ९९८ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?