बाजुरामा पहिरोमा परी दुई जनाको मृत्यु, दुई घाइते
गोरखापत्र अनलाइन ,
भाद्र ३, २०७७ बुधबार
बाजुराको छेडेदह गाउँपालिका –५ बनगाडाको लेखमा पहिरोमा पुरी एक बालिकाको मृत्यु भएको छ । त्यसै गरी जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका –६ दैयाकी ७५ वर्षीया झीनु लुवारको पनि बाढीले बगाएर मृत्यु भएको छ ।मृत्यु हुनेमा छेडेदह गाउँपालिकाको –५ की तीन वर्षीया बालिका स्वामीका बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मृतक बालिकाको मङ्गलबार राती सुतिरहेको बेला अविरल वर्षादका कारण खर्कमाथीबाट...