एकैदिन पर्सामा थपिए १५३ जना कोरोना सङ्क्रमित
गोरखापत्र अनलाइन
भाद्र २, २०७७ मंगलवार
पर्सामा एकै दिन अहिलेसम्म कै सबैभन्दा बढी १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सोमबार राती पर्साका ६८ जना तथा वीरगञ्जको नारायणी बयोधा अस्पतालका मात्रै डाक्टर, नर्स, बिरामी गरी ३० जना र वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सोमबार राती आएको रिर्पोट अनुसार पर्साका ५५ जना गरी १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।