छोरासहित उपसभामुख तामाङमा कोरोना सङ्क्रमण पुष्टि
गोरखापत्र अनलाइन ,
भाद्र १, २०७७ सोमबार
बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोनो सङ्क्रमण भएको पुष्टि भएको छ ।
हेटौँडामा गरिएको स्वाव परिक्षणणबाट उपसभामुख तामाङसहित उहाँका नौ वर्षीय छोरामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । साउन १५ गते संघीय राजधानी काठमाडौँ गएका बेला भएका विभिन्न राजनीतिक जमघटहरुका क्रममा कोरोना सङ्क्रमण भएको अनुमान गरिएको उपसभामुख तामाङकी श्रीमान् डिबी तामाङले जानकारी दिनुभयो ।