प्रदेश नं २ बढदो सङ्क्रमण: एक महिनामा तीन हजार सङ्क्रमित थपिए
रासस
भाद्र १, २०७७ सोमबार
प्रदेश नं २ मा कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज मात्र प्रदेश नं २ मा २०८ जना सङ्क्रमित थप भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बारामा ६९, पर्सामा ६४, धनुषामा ३७, रौतहटमा १४, सप्तरीमा ११, महोत्तरीमा आठ, सिरहामा तीन र सर्लाहीमा दुई जना कोरोना सङ्क्रमित थप भएका हुन् ।