बागमती प्रदेशका ५७ सय प्रहरी ‘फेस सिल्ड’ सहित ड्युटीमा
गोरखापत्र अनलाइन
भाद्र १, २०७७ सोमबार
कोभिड १९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्य क्षेत्रका ५ हजार ७ सय जना प्रहरीलाई फेस सिल्ड (अनुहार छाप्ने पारदर्शी प्लाष्टिक) को व्यवस्था गरेको छ ।
बागमती प्रहरी प्रदेश कार्यालय मातहतका १० जिल्ला (काठमाडौँ उपत्यकाबाहेक) मा रहेका तालिम केन्द्र, दंगा नियन्त्रण, विपद् व्यवस्थापन र ट्राफिकतर्फ सबैलाई पुग्ने गरी फेस सिल्डको व्यवस्थापन गरिएको हो । बागमती प्रदेश प्रहरी प्रमुख...