पहिरोपीडितको व्यथा: वर्षाको भल पिउन बाध्य
रासस
भाद्र २, २०७७ मंगलवार
बाढीपहिरोका कारण खानेपानीका मुहान, पाइन लाइन बगाउँदा बारेकोटका स्थानीयवासी वर्षाको भल पानी पिउन बाध्य भएका छन् । गत असार २५ गते गएको बाढीपहिरोले जाजरकोटको दुर्गम बारेकोट गाउँपालिकामा खानेपानी आयोजना अवरुद्ध बनाएको छ ।
खानेपानी अवरुद्ध भएपछि बारेकोटका दुई हजार घरपरिवार शुद्ध खानेपानीको सुविधाबाट वञ्चित भएका छन् । बारेकोट–४ सार्कीटोल, जिरी, तल्लो जिरी, तलकोट, गोठगाउँ, वडा नं ५ को तोलखाना, कालाखोली, भैलोखाना, वडा...