logo
२०८१ चैत्र २ आईतवार



पहिरोले नहर भत्काएपछि उज्यालोविहीन नाै सय परिवार

प्रदेश |


पहिरोले नहर भत्काएपछि उज्यालोविहीन नाै सय परिवार
लगातार परेको पानीले नहर भत्किँदा अवरुद्ध भएको बुढीनन्दा नगरपालिका स्थित बढ्ढीगाड लघुजलविद्युत परियोजना । तस्बिर - शेरबहादुर सार्की



शेरबहादुर सार्की
बाजुरा, साउन ३१ गते । साउनमा लगातार परेको अविरल वर्षाका कारण बाजुराको बढ्ढीगाड लघु जलविद्युत् परियोजनाको नहर पहिरोले भत्काएपछि बुढिनन्दा नगरपालिका झण्डै नौ सय घरपरिवार उज्यालोविहीन भएका छन् । सिमकुरु भाबन, गुइचौर ज्याचे कोल्टीलगायतका स्थानीयहरू यति बेला उज्यालोको पर्खाइमा रहेका छन् ।
एक महिनासम्म पनि विद्युत नहुँदा माेबाइल चार्ज गर्न नपाएको बुढिनन्दा नगरपालिका –३ का स्थानीय नरि रोकायाले बताउनुभयो ।

लकडाउनका समयमा विद्यालय नखुले पनि किताब ल्याएर बालबालिकाहरूलाई बेलुकी घरमै पठन पाठन गर्न सहज भएको थियो, केही दिनयता उज्यालो नहुँदा पढाइ गर्न समस्या भएको स्थानीय धनबहादुर बोहराले बताउनुभयो । दिउँसो खेतबारीको काम गरेर बेलुकी सिलाइकटाइ गरे पनि घर खर्च चलाउन सहज भएको थियो, यति बेला बत्ती नभएकाले व्यवसायमा धेरै घाटा हुने गरेको कोल्टी बजारका सिलाइ व्यवसायी दम नेपालीले बताउनुभयो ।

वर्षाको समय निरन्तर पानी पर्दै गएकोले नहर बनाउन समस्या भएकोले बत्ती सुचारु नर्ग नसकेको बढ्ढीगाड लघु जलविधुत परियोजनाका व्यवस्थापक ध्रुव रेग्मीले बताउनुभयो ।
उहाँले भन्नुभयो, पानी पर्न रोकिएपछि दुई दिनमै नहर बनाए लगत्तै बत्ती सुचारु हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?