सेवाग्राहीसँग घुस लिँदै गर्दा विमानस्थलका दुई कर्मचारी पक्राउ
गोरखापत्र अनलाइन ,
श्रावण १३, २०७७ मंगलवार
सेवाग्राहीलाई जग्गाको मुआब्जा दिलाउन सहजीकरण गरिदिने भन्दै घुस लिने दुई जना कर्मचारीलाई अख्तियारले भैरहवाबाट नियन्त्रणमा लिएको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय सहयोगी विश्वनाथप्रसाद लोध र मतियार महेन्द्रप्रसाद यादवले घुस माग गरेको भनी उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले उनीहरुलाई मंगलबार दिउँसो रङ्गेहात नियन्त्रणमा लिएको हो ।