logo
२०८१ फाल्गुन २८ बुधवार



सेवाग्राहीसँग घुस लिँदै गर्दा विमानस्थलका दुई कर्मचारी पक्राउ

प्रदेश |


सेवाग्राहीसँग घुस लिँदै गर्दा विमानस्थलका दुई कर्मचारी पक्राउ


लक्ष्मण पौडेल
भैरहवा, साउन १३ गते । सेवाग्राहीलाई जग्गाको मुआब्जा दिलाउन सहजीकरण गरिदिने भन्दै घुस लिने दुई जना कर्मचारीलाई अख्तियारले भैरहवाबाट नियन्त्रणमा लिएको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय सहयोगी विश्वनाथप्रसाद लोध र मतियार महेन्द्रप्रसाद यादवले घुस माग गरेको भनी उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले उनीहरूलाई मङ्गलबार दिउँसो रङ्गेहात नियन्त्रणमा लिएको हो ।
अख्तियारको टोलीले निगरानी गर्ने क्रममा कार्यालय सहयोगी लोध र यादवले सेवाग्राहीबाट चार लाख रुपियाँ लिइसकेको अवस्थामा उनीहरूलाई सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ स्थित सेञ्चुरी बैङ्क लिमिटेडबाट नियन्त्रणमा लिएको अख्तियार बुटवल, कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभयो । पक्राउ परेका कर्मचारीहरूमाथि थप अनुसन्धान भइरहेको भुसालले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?